राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


२९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा कुराकानी भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिवार भएको भेटवार्तामा सरकार विस्तार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा कुराकानी भएको हो ।

प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट भएकाले समसामयिक विषयमा कुराकानी भएको हो ।

प्रधानमन्त्री दाहालले आइतबार सरकार विस्तारको तयारी गर्नुभएकाले सोही विषयमा छलफल केन्द्रीत रहेको स्वकीय सचिव मल्लले बताए । रासस

प्रतिक्रिया दिनुहोस्