राष्ट्रपति र शीर्ष नेताबीच भेटवार्ता हुँदै


१० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक परिस्थितिका बारेमा परामर्श गर्न प्रमुख तीन दलका शीर्ष नेतालाई बोलाएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका सम्बन्धमा छलफल गर्न राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएकी हुन्।

सोमबार दिउँसो ३ः३० बजे राष्ट्रपति भवन शीतलनिवासमा हुने छलफलमा नयाँ सरकार गठन र संविधान कार्यान्वयन विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले बाधा अड्काउ आदेश जारी गर्नुपूर्व शीर्ष नेतासँग परामर्शसमेत लिएको बुझिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्