राष्ट्रियताका पक्षमा अडान लिने सांसद निष्काशित


६ माघ । सामान्यतः कुनै पार्टी सदस्यले देश र जनताका विरुद्धमा काम गरेमा, कुनै आपराधिक वा अनैतिक काममा संलग्न भएमा वा त्यस्तै कुनै गम्भीर गल्ती गरेमा पार्टीले कारवाही गरेका समाचारहरु त सुनिएकै हुन् । तर, एकजना सांसद चाहिँ मुलुक टुक्र्याउनेतिर जानुहुन्न भनेबापत पार्टीबाट निष्ष्काशित भएका छन् ।

नेपाः पार्टीका एक मात्र सांसद लक्ष्मण राजबंशी सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्तावका विपक्षमा छन् । पाँच नम्बर प्रदेशबाट मधेस र पहाड छुट्याउने सरकारको प्रस्तावले मुलुको राष्ट्रियता नै खतरामा पर्ने भएकाले त्यसको समर्थन गर्न सकिन्न भनेर उनले संसद्मै बोलेका छन्, नौ दलीय विपक्षी गडबन्धनका कार्यक्रममा पनि भाग लिने गरेका छन् । तर, उता नयाँ शक्तिका नेता बाबुराम भट्टराईमार्फत दक्षिणको योजना अनुसारको संशोधन प्रस्तावका पक्षमा लागेको नेपाः पार्टीको नेतृत्वले चाहिँ ती बयोबृद्ध सांसदलाई पक्षमा लाग्न भन्दोरहेछ ।

nepa party press bigyptiमर्ने बेलामा कलंकको टिका लगाउन्न, विपक्षमा मत हाल्छु हाल्छु भने हाकाहाकी अडान लिएवापत उनलाई हिजो निष्काशन गरिएको वक्तव्य नेपाः पार्टीका महासचिव विजय सैंजुले जारी गरेका छन् ।

नेपाः पार्टीबाट एकजना सांसद रहेकोमा उनलाई पनि निष्काशन गरेपछि उक्त पार्टीको संसद्बाट प्रतिनिधित्व हटेको छ । राजबंशीले चाहिँ अलग्गै दल दर्ताका लागि संसद्मा निवेदन दिएको थाहा भएको छ । नेपाः पार्टीले हटाए पनि उनी संसद् सदस्यबाट चाहिँ हट्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्