राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिन नसकिने : मन्त्री पोखरेल


काठमाडौं, ३१ असार । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको सहमतिमै अघि बढ्ने बताएका छन् । । मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने बताउँदै काँग्रेसको सहमतीमै अघि बढाउँने प्रतिवद्धता समेत गरेका छन् ।
आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले विधेयक माथेमा कार्यदलले दिएको सुझावको मूल ‘स्पिरिड’ अनुसार आएको दावी गर्दै त्यसमा आफू खुला छलफल र बहस गर्न तयार रहेको पनि स्पष्ट पारे ।

मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका समस्या समाधान गर्न विधेयकमै उच्चस्तरीय आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै आयोग गठन प्रक्रियालाई छिटो अघि बढाउन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई सहयोग गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्