राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ५ जना बरिष्ठ पत्रकार सम्मानित


काठमाडौं, २४ बैशाख । सरकारले प्रदान गर्ने यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट डा। महेन्द्र विष्ट र डा। राजेश अहिराज सम्मानित भएका छन् ।तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा शोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले उनिहरुलई सो पुरस्कार वाट सम्मान गरेकी हुन् ।

सोही अवरसमा वरिष्ठ पत्रकार पुरस्कारवाट बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकी सम्मानित भएका छन् ।

सरकारले हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सूसुचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पत्रकारहरुलाई सम्मान गर्न पाएकोमा आफूलाई खुसी लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्