राष्ट्रिय झण्डा अंकित ढाका टोपी लगाएर केपी ओलीले यस्तो दिए राष्ट्रियताको प्रवचन (भिडियोसहित)


१३ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू अप्ठ्यारो पर्दा बदर हुने भारतीय नोट नभएको बताएका छन् । युवा संघ नेपाल प्रचार विभागले आयोजना गरेको ‘युवा आवाज आधार र कार्यभार’ नामक पुस्तक लोकार्पाण कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । मैले कुनै सन्दर्भमा भनेको कुरा यो पुस्तकमा लेखका रुपमा छापेको रहेछ,’  ओलीले भने, ‘मैले त्यो सन्दर्भमा भनेका कुरा अहिलेमा केही पनि फरक छैन । म अप्ठ्यारो पर्दा बदर हुने भारतीय नोट जस्तो होइन त्यसैले मेरो विचार र अडानमा केही फरक छैन ।’

करिब ३५ मिनेट सम्बोधन गरेका ओलीले रातो र तातो रगत भएका नेपाली युवाहरु कहिल्यै नझुक्ने भन्दै एमाले रातो र तातो रगत भएका युवाहरुको पार्टी भएको पनि उल्लेख गरे । (हेर्नुहोस् भिडियो)

प्रतिक्रिया दिनुहोस्