राष्ट्रिय युवा परिषद्ले पूर्णता पायो (२५ जना सदस्यमा को–को नामसहित)


२० असार । राष्ट्रिय युवा परिषद्ले पूर्णता पाएको छ । सरकारले एमालेका वैकल्पिक केन्द्रीय सदस्य माधव ढुङ्गेललाई उपाध्यक्ष बनाएको करिब ६ महिनापछि परिषद्ले पूर्णता पाएको हो । २५ जना सदस्य रहने परिषद्मा नियुक्तिका लागि सोमबार युवा तथा खेलकुद मन्त्रालयले नामावली पठाएको हो ।

मन्त्रालयले राष्ट्रिय युवा परिषद ऐन २०७२ को परिच्छेद ३ दफा (५)को २ अनुसार सदस्यको नामावली समावेशी सिद्धान्तका आधारमा पठाएको जानकारी दिएको छ ।
परिषद्का अध्यक्ष ढुंगेलले पनि लामो समयपछि परिषद्ले पूर्णता पाएको भन्दै खुशी व्यक्त गरेका छन् । ‘एक्लै जस्तो थिए,’ उनले भने, ‘बल्ल पूर्णता पाएको छ, अब काम प्रक्रिया अघि बढ्छ ।’

मन्त्रालयले सिफारिस गरेका नाम अनुसार सरकारमा सहभागी दलहरुकै कार्यकर्ताको हाबी भएको छ । त्यसमा पनि एमालेको जनवर्गीय संगठन अनेरास्ववियुका वर्तमान र पूर्व नेताहरुको बाहुल्यता रहेको छ । सिफारिसमा परेका टेकराज पछाईँ, दुर्गानन्द ठाकुर, परवेज आलम अनेरास्ववियुका पूर्व नेता हुन् । सम्झना अधिकारी अनेरास्ववियुकी वर्तमान सचिवालय सदस्य हुन् ।

युवा परिषद् उपाध्यक्ष ढुंगेलले जनजाती, मधेसी, अल्पसंख्यक,मुस्लिम,दलित पिछडिएको क्षेत्र सबैलाई समेटेर परिषद निर्माण गरिएको जानकारी दिए ।

यस्तो छ समावेशी सिद्धान्त अनुसार परिषद्मा सिफासिर सदस्यको नामावली
भावना भट्टः प्युठान
रुपा कुमारी उप्रेतीः बारा
टिका पौडेलः ईलाम
सुजित केसीः काठमाडौं

आदिवासी दलित÷मुस्लीम÷दलित÷अपाङगता , अलपसंख्यक र पिछडिएको क्षेत्र
दुर्गानन्द ठाकुरः मधेसी
टेकराज पछाईँः पछिडिएको क्षेत्र
परवेज आलम अन्सारीः मुस्लिम
क्षितिज थेवेः जनजाती
धनराज तुम्बापोः जनजाती
शैलेन्द्र कुमार चौधरीः आदिवासी÷जनजाती
लक्ष्मिप्रसाद चौलागाईः पिछडिको क्षेत्र
झलमाया बि.कः दलित
संगिता अछामीः दलित
जिनत अन्सारीः अल्पसंख्यक
सम्झmना अधिकारीः महिला
लिला शर्माः महिला
पिंकी कुमारी शाहः महिला
सिता सुवेदीः महिला
उद्योग, श्रम, कृषि,खेलकुद, विज्ञान प्रविधि तथा वातावरण, साहित्य तथा कला
दिलिप न्यौपानेः उद्योग
खिम पन्थीः विज्ञान प्रविधि
तेज बहादुर थापाः कृषि
तुलसा वाईवाः साहित्य तथा कला
पवित्रा भुर्तेलः श्रम
थुलु राजभण्डारीः खेलकुद

प्रतिक्रिया दिनुहोस्