राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ८ करोड


काठमाडौं, १६ बैशाख । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ८ करोड ५० लाख १० हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तुलनामा यो नाफा नाफा ४८.६८ प्रतिशत बढि हो ।
बैंकका अनुसार चालू वर्षमा खुद ब्याज आम्दानी ३२.५४ प्रतिशतले वृद्धि भएर ६ अर्ब १९ करोड २ लाख ३१ हजार रुपैयाँ पुगेको छ । यसैगरी, सञ्चालन नाफा पनि ७३.३५ ले बढेर ३ अर्ब १४ करोड १ लाख ८६ हजार रुपैयाँ पुगेको छ । सम्भावित जोखिमका लागि १ अर्ब २४ करोड ४३ लाख १ हजार रुपैयाँ छुट्याएको यस बैंकले १ अर्ब ६ करोड ३१ लाख ३४ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ५३ अर्ब २२ करोड ३९ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब ८० करोड ७९ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
चुक्ता पुँजी गर्त वर्ष जस्तै अहिले पनि ८ अर्ब ५८ करोड ८९ लाख ७२ हजार रुपैयाँ छ । रिजर्भ कोषमा ४ अर्ब ९७ करोड ७५ लाख ९१ हजार रुपैयाँ जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्