राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गरिनुपर्छःरायमाझी


 १७ पुस । नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले संविधान कार्यान्वयनको साटो सरकारले संशोधनलाई प्रमुख ठानेका कारण देशमा असहज परिस्थति सिर्जना भएको बताएका छन् ।

आज दाङमा भएको पत्रकार समेलनमा नेता रायमाझीले ‘संविधान संशोधनभन्दा संविधान कार्यान्वयन महत्वपूर्ण विषय भएकाले’ सरकार त्यसतर्फ लाग्नुपर्ने सुझाव उनको थियो । उनले पहिला राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गरिनुपर्ने धारणा राखे ।

पूर्वउपप्रधानमन्त्री रायमाझीले भने, ‘तराईको उर्वराभूमि, पहाडको पानी र हाम्रो आनीबानी मिलेकाले तराई र पहाडलाई छुट्याउन हुँदैन ।” एक प्रसङ्गमा उनले दाङलाई राष्ट्रिय राजधानी बनाउनुपर्ने विचार पनि व्यक्त गरे ।  रासस

प्रतिक्रिया दिनुहोस्