राष्ट्रिय स्वाधिनताको रक्षाका लागि मुलुकका सबै राजनीतिक दल एक हुनुपर्छः मन्त्री पाण्डे


२९ मंसिर  । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुने बताएका छन् । पोखरा उपमहानगरपालिका– १७ पहलतरा र २४ दम्सादीलाई जोडने फुस्रेखोलामाथि निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि मुलुकका सबै राजनीतिक दल एक हुनुपर्नेमा पनि जोड दिए ।  ‘संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि सरकारले २०७४ माघ महिनाभित्र तीन तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा जुटेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्