राष्ट्र बैंकद्धारा दशैका लागि १३ अर्ब रुपैयाँ नयाँ नोट निष्काशन


काठमाडौँ, ९ असोज । नेपाल राष्ट्र बैंकले दशैलाई लक्षित गर्दै १३ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट निष्काशन गरेको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक लक्ष्मी निरौलाले ५, १०, २०, ५० र १०० दरका नोट १३ अर्ब रुपैयाँभन्दा बढी सटही प्रयोजनका लागि निष्काशन गरेको जनाएका हुन् ।

गत वर्ष १२ अर्ब रुपैयाँ जति निष्काशन गरेकोमा यसवर्ष १३ अर्ब रुपैयाँ भन्दा बढी रहने उनले भने । नेपाल राष्ट्र बैंक थापाथली, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका काठमाडौँ विभिन्न ठाउँका झण्डै १६ शाखा मार्फत नयाँ नोट सर्वसाधारणले पाउनेछन् ।

सर्वसाधारणलाई वितरण गरिने सो रकम बैंकले भने १२ गते पाउँनेछन । सर्वसाधारणले भने २१ गतेसम्म कुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्