राहतका निम्ति माओवादी केन्द्रका अध्यक्ष दाहालले देखाए तत्परता


२४ पुस । केही दिनयता अत्यधिक रुपमा बढेको चिसो र शीतलहरका कारण तराई–मधेसको जनजीवन अस्तव्यस्त हुन पुगेको छ । बढ्दो शीतलहरका कारण मधेसमा अहिलेसम्म करिब डेढ दर्जनजतिको मृत्यु भइसकेको छ ।

शीतलहरका कारण मधेसका बासिन्दाहरुले अकालमा ज्यान गुमाउनु परेपछि प्रमुख राजनीतिक दलहरुले त्यसबारे चासो र तत्परता देखाउन थालेका छन् । मधेस केन्द्रित राजनीति गर्दै आएको मधेसी दलहरु संघीय समाजवादी फोरम र राजपाका नेताहरुले मधेसमा शीतलहरले पु¥याएको असरबारे खासै चासो नदेखाए पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउन सरकारलाई अनुरोध गरेका छन् ।

अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गरी खासगरी तराई–मधेशका जिल्लामा शीतलहर र झाडापखालाका कारण नागरिकले ज्यान गुमाउनुपरेकोप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि आवश्यक व्यवस्था गर्न आग्रह गरेका हुन् । ‘तराई–मधेशका जिल्लामा शीतलहर र जाजरकोटमा झाडापखालाका कारण दर्जनौँ नेपाली नागरिकको ज्यान गएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ’– अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्