राहत बोकेर एक हप्ताका लागि वरिष्ठ नेता नेपाल तराईका विभिन्न जिल्लामा


११ भदौ । तराई–मधेस लगातारको वर्षापछि आएको बाढीले ढुवानमा पर्दा नेकपा (एमाले) का बरिष्ठ नेता विदेश भ्रमणमा थिए । विदेश भ्रमणबाट फर्किए लगत्तै राहत संकलनमा जुटेका नेपाल भदौ ७ गते राहत बोकेर तराई झरे ।

अहिले पनि नेपाल तराईका विभिन्न जिल्लामा राहत वितरणसँगै चुनाव केन्द्रित भेला, बैठक र छलफलमा व्यस्त बनेका छन् । प्रदेश नम्बर–२ को रौतहट जिल्लाका सांसद् समेत रहेका नेपाल अहिले मुख्य गरेर रौतहट, वारा, पर्सा, धनुषालगायतका जिल्लामा सक्रिय बनेका छन् ।

भदौ १४ गते एमाले स्थायी कमिटी बैठक भएकाले बैठकमा सहभागी हुन राजधानी आउने तयारीमा रहेका नेपाल ७ गतेदेखि निरन्तर बाढी प्रभावित जिल्लामा पुगेर राहत वितरण कार्यमा सक्रिय बनेको उनको स्वकीय सचिव मोहन गौतमले जानकारी दिउ । नेपाल रौतहत जिल्लाका बाढी प्रभावित अधिकांश नगर र गाउँपालिकाका वडावडासम्म पुगेको पनि गौतमले जानकारी दिए ।

नेपाल आज वीरगञ्ज पुगेका छन् । त्यहाँ उनी दुई दिन रहने गौतमले जानकारी दिए । वीरगञ्जमा रहँदा नेपाल चुनावी अभियानमा पनि सक्रिय बन्ने छन् ।

एमालेले वीरगञ्ज महानगरपालिकाबाट बसुरुदिन अन्सारीलाई मेयरको उम्मेदवार बनाएको छ । १३ गते मोर्चा संगठनको भेला मा सहभागी हुन नेपाल जनकपुर जाने छन् । १४ गते प्रदेश नम्बर–२ को अनेरास्ववियुले आयोजना गरेको भेलामा सहभागी हुन रौतहट आउने उनको कार्यतालिका छ । स्थायी कमिटी बैठकमा सहभागी भएपछि नेपाल फेरि तराई नै जाने छन् । १६ चितवन जाने कार्यक्रम छ ।
३ उत्तर कोरिया जान

प्रतिक्रिया दिनुहोस्