रिक्त रहेका संवैधानिक अंगमा चाँडै पदपूर्ति हुन्छः प्रचण्ड


काठमाडौ, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले रिक्त रहेका संवैधानिक अंगमा अव छिट्टै पदपूर्ति गरिने बताएका छन् । प्रचण्डले भने, ‘रिक्त रहेका संवैधानिक अगंमा पदपूर्ती गर्ने र नयाँ संविधानले व्यवस्था गरे बमोजिम नयाँ आयोग गठन गर्ने विषयमा सोमबार मेरो र प्रधानमन्त्रीबीच कुरा भएको छ अब छिट्टै यसले पूर्णता पाउँछ ।’
मंगलबार विहान वीरगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘देशमा राजनीतिक स्थिरता स्थापित भइ नै सक्यो । जनताले महसुस गर्ने गरि विकास निर्माणको कामले गति लिएपछि सर्वत्र राजनीतिक स्थिरता महसुस हुन्छ । हामी चाहीँ अहिले त्यही दिशामा काम गरिरहेका छनै ।’

संचारकर्मीको अर्को जिज्ञासामा प्रचण्डले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पदबाट दिएको राजीनामा बारेमा त्यो सञ्चारमाध्यममा आएको जस्तो नभएको बताउँदै भने, ‘उहाँ कहाँ विच्किनु भएको छ र । कहाँ हिड्नु भा, कही हिड्नु भा छैन । त्यही हुनुहुन्छ, कही हिड्नु हुन्न् । उहाँ पार्टी प्रवक्ता हुनुहुन्छ ।’

तर भोलि बस्ने पार्टीको सचिवालय बैठकमा यसबारेमा छलफल हुने बताए । केही समय अघि प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग विवाद हुँदा नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताबाट राजीनामा दिएका थिए । यधपि राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्