रुपन्देहीमा एकै दिन अनेरास्ववियु बन्यो ५६ विद्यार्थीकोे अविभावक


काठमाडौँ, १९ वैशाख । इच्छा शक्ति भयो भने ‘सम्भव छैन भनिएका काम पनि सम्भव हुन्छन्’ भन्ने कुरालाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै प्रमाणित गरेरै देखाइरहेका छन् । शिक्षाका गुलिया नारा लगाएर नथाक्नेहरुका लागि प्रधानमन्त्री ओलीले बोली होइन, व्यवहारमै परिणत गरेर देखाएपछि अहिले उनको सर्वत्र चर्चा भएको छ ।
पर्यटन वर्ष २०७५ को औपचारिक उद्घाटनका लागि कर्णालीको रारा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाटै विद्यार्थी भर्ना अभियान पनि सुरु गरे । त्यसक्रममा मुगुकी एक छ वर्षीया बालिकालाई स्थानीय विद्यालयमा भर्ना गराएर अभिभावकत्व लिए । त्यतिमात्र होइन, उनकै साथमा रारा पुगेकी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले पनि अर्की एक बालिकालाई विद्यालय भर्ना गराइन् ।
त्यसो त, उनीसँगै रारा पुगेका अन्यमन्त्रीले पनि प्रधानमन्त्री ओलीको अभियानलाई साथ दिए । ओलीले पनि दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै त्यहीँबाट कम्तीमा एक व्यक्तिले एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेर विद्यालयमा भर्ना गराउन अपिल गरेका थिए । नयाँ वर्षको पहिलो दिन शनिवारदेखि सुरु विद्यार्थी भर्ना अभियान अहिले पनि जारी छ । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ नारासहित पाँचदेखि १२ वर्ष उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने उद्देश्यले सुरु यो राष्ट्रिय अभियान अहिले देशव्यपि बनेको छ ।
यसले प्रधानमन्त्री ओलीको कदलाई उच्चो मात्र बनाएको छैन गरिबीको चपेटामा परेका हजारौँ बालबालिकाले अब झोलाभरी पुस्तक बोकेर विद्यालयको ढोका छिर्ने अवसर पाएका छन् ।
जारी छ अभियान
प्रधानमन्त्री ओलीले सुरु गरेको यो अभियान अहिले पनि जारी छ । यही अभियानलाई निरन्तरता दिदैँ अनेरास्ववियु रुपन्देहीको विशेष पहलमा ५६ जना छात्रछात्राको विद्यालयमा भर्ना गरिएको छ । रुपन्देहीको जिल्लाकै पिछडिएको क्षेत्र कञ्चन गाउँपालिका वडा नं.–२, विजयनगर मुसहर वस्तीमा रहेका विपन्न परिवारका ५६ जनाको अनेरास्ववियुले अविभावकत्व ग्रहण गरेको हो ।
एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको नेतृत्वमा कञ्चन गाउँपालिका वडा नं.–२ मा रहेको गौतम बुद्ध आधारभुत विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ३४ जना छात्रा र २२ जना छात्रलाई भर्ना तथा शैक्षिक सामग्री वितरण गरेको अनेरास्ववियुका सचिवालय सदस्य यम पाण्डेले जानकारी दिए ।
अझ गज्जब त के भयो भने अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले भर्ना अभियानलाई सार्थक तुल्याउने हेतुले तीस हजार रुपैयाँ सोही कार्यक्रममा हस्तान्तरण गरे । उनले रकम ठूलो नभएको भन्दै अभियानका सानो ईंट्टा मात्र थपेको जानकारी दिए । विद्यालय जानबाट बञ्चित बालबालिकाहरुलाई स्कुलसम्म पु¥याउने कार्यमा सबैले जिम्मेवारी लिनुपर्ने पनि उनले बताए ।
ती विद्यार्थीहरुका लागि जुत्ता र मोजाको व्यवस्था भने एमाले प्रदेश संगठन कमिटी सचिव तथा प्रदेशसभाका सदस्य भूमिश्वर ढकालले गर्नेछन् भने पोशाकको ब्यवस्था सैनामैना नगरका प्रमुख चित्रबहादुर कार्कीले गरेका छन् । त्यस्तै, विद्यार्थीहरुको लागि स्टेशनरीको ब्यवस्था कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण क्षेत्रीले गरेका छन् ।
सवा तीन लाख बालबालिका विद्यालयको पहुँचबाहिर
सरकारी तथ्यांकअनुसार अहिले आधारभूत तह (कक्षा ८ सम्म) अध्ययन गर्ने उमेरका सवा तीन लाख बालबालिका विद्यालयको पहुँचबाहिर छन् । शिक्षा विभागका निर्देशक केशव दाहालका अनुसार आधारभूत तहमा तीन लाख १३ हजार २८९ बालबालिका विद्यालयबाहिर छन् । कक्षा १–५ सम्म अध्ययन गर्ने उमेर समूहका ८८ हजार दुई सय ६ बालबालिका विद्यालय बाहिर छन् ।
कस्को कतिमा भर्ना ?
एलकेजी
आस्था मुसहर, अजित, मौसम, पिङ्की, सपना, गोविन्द, छोटु, विनिता, दिनेश, सन्तोष मुसहर, निशा मुसहर, ममता थारु, मदन पासी, गोविन्द खड्का र अमित पौडेल ।
कक्षा–१
सञ्जना मुसहर, सिर्जना मुसहर, रिङ्गकी मुसहर, पुष्पा मुसहर, सिता परियार, सुस्मिता थारु ।
कक्षा–२
पुष्पा मुसहर, आशिक मुसहर, सानु मुसहर, सम्झना मुसहर, पुष्पकमल सागर, रोजिना थारु, प्रितम कुमाल ।
कक्षा–३
आशा मुसहर, प्रतिमा मुसहर, विरेन्द्र मुसहर, रिया जिएम, अनिस परियार ।
कक्षा–४
आदित्य थारु, आशा ठाकुर, हिरा बिटालु ।
कक्षा–५
अञ्जली मुसहर, बिन्दु मुसहर, करण मुसहर, तारा मुसहर, अस्मिता मुसहर, अशोक मुसहर, सोनी मुसहर, सिता बि.क., रिता केवट, सरस्वती केवट ।
कक्षा–६
अजय मुसहर ए, अजय मुसहर बी, आस्मा मुसहर, मिथुन थारु, एलिना कुमाल ।
कक्षा–७
बिक्रम कुँवर, सुस्मा बिटालु ।
कक्षा–८
उर्मिला थारु, कविता सुनार र बबिता भण्डारी ।

प्रतिक्रिया दिनुहोस्