रुपन्देहीमा ५ वटा बुद्धमुर्ति तोडफोड


रुपन्देही, २ साउन । रुपन्देहीको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागस्थित पाँच वटा बुद्धको मूर्ति तोडफोड गरिएको छ ।

सडकको मेडिएनमा राखिएका बुद्ध मूर्तिमध्ये गए राति अज्ञात समूहले शंकरनगर चोकदेखि नयाँ मिलसम्मका ५ वटा मूर्ति तोडफोड गरेको तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले जानकारी दिएका छन् ।

तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मूर्ति राखिएको थियो ।

गएको वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरणमन्त्री लिला गिरीले बुद्ध मूर्ति अनावरण गरेका थिए । उक्त मूर्तिहरु कसले र किन तोडफोड गर्‍यो भन्ने विषयमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्