रुपन्देही एमालेमा अध्यक्षसहित चार पदाधिकारी सर्वसम्मत, अरु पदमा भने चुनाव हुने


९ कार्तिक । नेकपा (एमाले) रुपन्देहीको अध्यक्षमा शिवराज सुवेदी सर्वसम्मत रुपले चयन भएका छन् । सुवेदीसहित चार जना पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् ।

सर्वसम्मत हुनेमा उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सचिव जागेश्वरी चौधरी र उपसचिव गोपाल राना रहेका छन् । ७५ सदस्यीय जिल्ला कमिटीमा खुला सदस्यतर्फ सर्वसम्मत हुने सम्भावना रहे पनि अरु पदहरुमा भने निर्वाचन हुने भएको छ । सबै पदको निर्वाचन परिणाम मंगलबार साँझसम्म आउने एमाले केन्द्रीय सदस्य एकराज विकले बताए ।

गत शनिबार एमाले उपाध्यक्ष वामदेव गौतमले उद्घाटन गरेको उक्त सम्मेलनमा उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल विशिष्ट अतिथिका रुपमा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्