रूपन्देहीमा पाँचजनाको सामूहिक हत्या


बुटवल,२७ जेठ ।  रूपन्देहीमा पाँचजनाको पाँच जनाको सामूहिक हत्या भएको छ । हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा पाँचजनाको सामूहिक हत्या भएको हो ।

स्थानीय कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने पाँच अन्य कामदारको हत्या गरी फरार भएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ ।

मृतकहरु को–को हुन् भन्ने खुलेको छैन । गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग हादुर खत्रीका अनुसार प्रहरी अहिले घटनास्थल जाँदै छ।

प्रतिक्रिया दिनुहोस्