रेल भरिनेगरी उत्पादनमा लाग्नुहोस्ः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्याबशाय क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर देशलाई अघि बढाउनु पर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिजय महासंघको ५२ औं बार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवशको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

“अब हामीले अन्यत्रकामनलाग्ने भइसकेका सीप,प्रविधि भित्र्याएर होइन, विल्कुलै नयाँ प्रविधि प्रयोग गरेर देशलाई अघि बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने, “यस्तो प्रविधि हरेक क्षेत्रमा उपयोग गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले सबै क्षेत्रले आफ्ना प्रयासहरुलाई विकास र समृद्धितर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले नेपालमा चाँडै रेल सेवा सञ्चालन हुने भएकाले त्यसबाट फाइदा लिनेगरी तयारी गर्न व्यबशायीहरुलाई आग्रह गरे । “अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ । रकसौलबाट आँउदा रेल भरिएर आउने जाँदा रित्तै जाने स्थिती हुनुहुदैन”प्रधानमन्त्री ओलीले भने, “काठमाडौंबाट फर्कदा पनि रेल भर्नका निर्यातजन्य उत्पादनमा लाग्नुहोस ।”
प्रधानमन्त्री ओलीले आगामी दुई बर्षभित्र उद्योगलाई चाहिने जतिविद्यतु दिन पनि सरकार सक्षम हुने बताए । “अब बिजुली हुदैन कि भनेर उद्योग सञ्चालन गर्न नहिच्किचाउनुहोस” प्रधानमन्त्री ओलीले भने, “आगामी दुई बर्षभित्र उद्योगलाई चाहिने जति बिजुली उपलब्ध गराउन सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस्