रोटरी क्लबद्वारा नेपाली सेनालाई राहत सामाग्री हस्तान्तरण


११ श्रावण । रोटरी क्लब, काठमाडौंले नेपाली सेनालाई राहत तथा उद्दार कार्यमा खटिएको अवस्थामा बिपद्बाट विस्थापित परिवारहरुलाई वितरण गर्नको लागि राहत सामाग्री संलग्न २०० थान  AQUA-BOX हस्तान्तरण गरेको छ ।

प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको तर्पmबाट व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री हिमालय थापालाई रोटरी क्लब, काठमाडौं जिल्लाका गभर्नर श्री जया शाहले उक्त राहत सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

उक्त अवसरमा प्रधान सेनापति श्री क्षत्रीले धन्यबाद ज्ञापन गर्नु हुदैं नेपाली सेना माथिको विश्वास प्रति उक्त क्लबलाई आभार व्यक्त गरे । साथै यस प्रकारको सहयोगले नेपाली सेना विपद् व्यवस्थापनको समयमा परिचालन हुंदा राहत वितरणको दौरान प्रभावकारी हुने बताउनु भयो । मन्तव्यकै क्रममा उहाँले रोटरी क्लब र नेपाली सेनाको सहकार्यले विपद्को समयमा क्षति व्यहोरेका पीडितहरु लाभान्वित हुने र प्राप्त सामाग्रीहरुलाई वास्तविक पीडितहरु पहिचान गरी सम्भव भएसम्म उक्त क्लबका प्रतिनिधिहरुको रोहबरमा वितरण गरिने समेत जानकारी गराए ।

कार्यक्रमको अन्त्यमा, रोटरी क्लब, काठमाडौंका जिल्ला गभर्नर श्री जया शाहले आफ्नो मन्तव्यमा विपद् व्यवस्थापन जस्तो पुनित कार्यमा नेपाली सेनालाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुका साथै यस प्रकारको सहयोगलाई भविष्यमा समेत निरन्तरता दिईने बताए ।

यस किसिमको सहयोगले नेपाली सेनाको उद्दार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्नुका साथै पीडितहरुले राहत महसुस गर्ने र नागरिक–सैनिक सम्बन्ध समेत अझ बढी प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृतहरु तथा रोटरी क्लब, काठमाडौंको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्