रोबोट प्रतियोगितामा जानेलाई सेनाको सहयोग


५ असार । रोभोर पनि भनिने रोबोट प्रतियोगितामा भाग लिन बेलायत जान लागेका नेपाली विद्यार्थीलाई नेपाली सेनाले आर्थिक सहयोग गरेको छ । अगामी साउन ८ र ९ मा आयोजना हुन लागेको युनिभर्सिटी रोभोर प्रतियोगितामा नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीका विद्यार्थीहरुले भाग लिँदै छन् ।
जंगी अड्डामा आयोजित कार्यक्रममा बलाधिकृत रथी बलदेवराज महतले दुई लाख रुपियाँ हस्तान्तरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सैनिक प्रवक्ता ताराबहादुर कार्कीका अनुसार, सहभागीलाई प्रोत्साहन एवम् आत्मभरोसा अभिबृद्धि गर्नुका साथै प्रतियोगितामा सफलता हासिल गर्न मद्धत पुग्ने विश्वासका साथ सेनाले उक्त सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्