रोल्पा नगरपालिका तरुण दलका अध्यक्ष पुनको गोली हानी हत्या


काठमाडौं, २४ भदौ। रोल्पा नगरपालिका तरुण दलका अध्यक्ष रोहित पुनको गोली हानी हत्या गरिएको छ । रोल्पाको सुलिचौरमा पाण्डेश्वरी यातायात प्रालिको उद्घाटन गर्न पुगेका उनको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार उनलाई देव भन्ने व्यक्तिले गोली हानेपछि प्रहरीसँग आत्मसमर्पण गरेका छन् । प्रहरीका अनुसार रोहितलाई सुलिचौरमा रहेको एक रेष्टुरेन्टमा गोली हानिएको थियो ।

प्रतिक्रिया दिनुहोस्