रौतहटमा बालक अपहरणपछि हत्या गरिएको अवस्थामा फेला


रौतहट, २८ जेठ । अपहरणमा परेका एक बालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ ।
रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।

मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती नदी किनारको बगरबाट उनको शव बरामद गरिसकेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुुर्भुुज ओझाले जानकारी दिए।
टाउकोमा चोट देखिएकाले लठी अथवा काठले टाउकोमा हानेर उनको हत्या हुनसक्ने प्रारम्भिक अनुुमान रहेको प्रहरी निरीक्षक ओझाले बताए ।
अपहरण तथा हत्याको आरोपमा प्रहरीले पाँच जना स्थानीयलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताउनुुभयो ।
पक्राउ परेकाको बयानको आधारमा नाबालकको शव बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानीले जानकारी गराए ।
हत्याको कारण भने खुुल्न नसकेको तथा घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्