र्‍याप गायक भिटेन पक्राउ


काठमाडौं, ७ कार्तिक । युवामाझ निकै लोकप्रिय गायक भिटेन (समिर) घिसिङ पक्राउ परेका छन् ।

पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो गीत’ बजारमा ल्याएर चर्चामा आएका गायक भिटेनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

गीतमा उनले प्रहरीलाई डण्ठेदेखि लिएर अश्लील गाली गरेको पाइयो,’ महाशाखाका एसएसपी सहकुल थापाले भने । गीतमा उनले पुलिस चौकीभित्रै गर्छु दारु खाँदै मस्ती भन्ने वाक्य समेत प्रयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्