लकडाउन एक साता लम्ब्याउन समन्वय समितिको सिफारिस


काठमाडौ, १३ बैशाख । कोभिड(१९ सम्बन्धी) उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता थप गर्न सिफारीस गरेको छ । समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकाल्दै अझै एकसाता थप गर्न सरकारलाइ सिफारीस गरेको हो । यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्पमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्