लगनको बेला मलामीको बाजा बजाउन खोजिँदैछः भीम रावल


९ पुस । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिले संविधानले कसैलाई पनि अप्ठ्यारो नपारेकाले संशोधन औचित्यहिन भएको बताएका छन् ।

पवन मदुश्रीद्वारा लिखित ‘नमुना, विकास र राजनीतिक’ आलेख सङ्गालोको लोकार्पण गर्दै उ नलेसबै भाषा जातिलाई समेटर संविधान बनाएको हुनाले संविधान पालना गरेर अहिलेको राजनीतिक निकास दिनुपर्ने बताए ।

उनले भोलि संविधान अभ्यासमा लैजाँदा संशोधन गर्न सकिने  बताए ।  रावलले अहिले संविधान कार्यान्वयन गर्नुको सट्टा देशलाई अनिष्टतर्फ लैजानका लागि संशोधन गर्न खोजेर अर्कै बाजा बजाउन थालेको आरोप लगाए ।  ‘लगनको बेला मलामीको बाजा बजाउन खोजिँदैछ,’ उनले भने– ‘संशोधनको कुराले अनिष्टको सङ्केत गर्दछ ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले राजनीतिक ठीक ढङ्गले नचल्दा जनताले चाहेको विकास हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्