लम्पसारवादको अर्थ खोज्न बुद्धिजिवीलाई प्रधानमन्त्री ओलीको सुझाव


काठमाडौँ । हरेक जसो भाषणमा बुद्धिजिवीलाई गाली गर्ने नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि बुद्धिजिवीको आलोचना गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले अनावश्यक रुपमा आलोचना गरेको भन्दै त्यसको तुक नभएको दाबी गरे । केही हप्ता अघि मात्र ओलीले गरेको भारत भ्रमणका बारेमा विभिन्न खाले आलोचना भैरहेका बेला उनले लम्पसराको शब्द नबुझेर आलोचना गरेको समेत टिप्पणी गरे । ‘मेरो भारत भ्रमणबारे केहीले गलत अपव्याख्या गरे,’ उनले भने, ‘लम्पसारवाद शब्दको अर्थ नबुझेर प्रधानमन्त्री भारतमा लम्पसार परे भनेर टिप्पणी गरेको गरेका छन् ।’
ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको समेत आलोचना गरे । ‘विगतमा केही प्रधानमन्त्री लम्पसार गरेको देखेर त्यसकै लयमा अहिलेका प्रधानमन्त्री पनि लम्पसारवादी भनेर भनिएको होला’ उनले भने, ‘मेरो भारत भ्रमणपछि एउटा नेताले केपी ओलीको भ्रमण लम्पसारवादी भनेर भने। कसैले भ्रमण गरेर लम्पसार गरेको सम्झे होलान् त्यसैले त्यसो भने । अहिलेको प्रमको भारत भ्रमणलाई लम्पसारवाद भन्दा दुनियाँ हाँस्छ भन्ने कुरा बुझेनछन्। कित लम्पसारवाद शब्दको अर्थ बुझेनन।’
केही टिप्पणीकारले गलत टिप्पदणी गरेर जिविका चलाइरहेको समेत उनले बताए। तर बुद्धिजिवीहरुले दाँतमा धार लगाउदा देशलाई नै नोक्सान हुनेगरी धार लगाएको प्रधानमन्त्री ओलीले
उनले एमाले अरु जस्तो दमन गरेर काम नगर्ने बताउदै जनताको मन जितेर काम गर्न समेत निर्देशन गरे। जनताको मन जितेर काम गर्न आग्रह गर्दै उनले कम्युनिष्टले जिते भने अधिनायकवाद आउछ भनेर केही कुर्लिनेहरु अहिले पनि अधिनायकवादको कुरा गरिरहेको बताए।
एमाले सानो भूगोल भएको देशको पार्टी भएपनि नेपालको सामाजिक जीवनका सबै क्षेत्रमा नेपालीव्यापी रहेको अध्यक्ष ओलीले बताए। एमाले विश्वका सबै देशमा पुगेको भन्दै उनले यसका नीतिहरु, महान उद्देश्यहरुको सशक्तता भएको बताए।
एमालेका नीति राष्ट्रियताका सवालमा कुनै आवेग, उत्तेजनाबिना बिना अहंकार जनताका लागि भएको भन्दै उनले एमालेका नीतिहरु महि जस्तै पानी नभएर आफ्ना स्पष्ट उच्च गन्तव्य न्यायोचित कुराहरुमा आधारित रहेको बताए।
एमाले कसैप्रतिको पूर्वाग्रहमा नजाने भन्दै ओलीले नेपालका समस्याको सहि ढंगले पहिचान गरी त्यसको समाधानका लागि काम गर्नसक्ने हैसियत राख्ने पार्टी भएको बताए।
नयाँ शक्तिका केन्द्रीय सदस्य लिला भण्डारीको नेतृत्वमा १४६ जना एमालेमा प्रवेश गरेका हुन्। त्यस अवसरमा बोल्दै भण्डारीले सबै पार्टी, समुहलाई एक बनाएर लैजाने कार्यको नेतृत्व गर्न सक्छ भनेर आफु एमालेमा प्रवेश गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्