ललितपुरको एक स्कुलमा करेन्ट लाग्दा सुरक्षा गार्डको ज्यान गयो


ललितरपुर ,१० वैशाख । महालक्ष्मी नगरपालिका २ ईमाडोलस्थित गम्भीर समुन्द्र सेतु स्कूलमा करेन्ट लागेर एक सुरक्षा गार्डको ज्यान गएको छ । रामेछाप सुनापति घर भएका ४६ वर्षीय रामबहादुर पाण्डेको सोमबार दिउसो करेन्ट लागेर मृत्यु भएको हो । स्कूलको शौचालयमा करेन्ट लागेर गम्भीर घाइते भएका पाण्डेको उपचारको लागि बिएण्डबी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्