ललितपुरमा कार्कीलाई नै काम गर्न दिन अदालतको आदेश


२६ असार । अन्ततः ललितपुर महानगरपालिका वडा नं. ४ का सदस्य प्रकाश कार्कीले न्याय पाएका छन् । उच्च अदालत पाटनले कार्कीलाई नै तत्कालका लागि कामकाजमा लगाउन अन्तरिम आदेश जारी गरेपछि अब कार्कीले काम गर्न पाउने भएका छन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ललितपुर महानगरपालिकाको वडा नं. ४ को सदस्यमा विजयी भएका कार्कीलाई विजयी घोषणा गर्दै मुख्य निर्वाचन अधिकृतले प्रमाणपत्र दिएका थिए । उनले सपथ ग्रहणसमेत लिइसकेका थिए । सपथ ग्रहण गरिसकेको अवस्थामा कांग्रेसका उम्मेदवार सन्तोष थापाले लिखित उजुरी दिएपछि निर्वाचन अधिकृतले सो निर्णय उल्टाएर कांग्रेसका उम्मेदवारलाई विजयी घोषणा गरेका थिए ।

निर्वाचन अधिकृतले जबरजस्ती कांग्रेसको उम्मेदवारलाई विजय भएको घोषणा गरेपछि कार्कीले अदालतमा रिट दायर गरेका थिए । आइतबार मात्रै कार्कीको पक्षमा फैसला गर्दै अर्को आदेश नभएसम्म कार्कीलाई कामकाज गर्न दिन आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्