ललितपुर बार एशोसिएसनका निवर्तमान अध्यक्ष विष्टको कोरोनाबाट निधन

ललितपुर, २४ अस पोज । कोरोना भाइरस संक्रमणबाट ललितपुर बार एशोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टको निधन भएको छ ।
ललितपुरकै गोदावरी नगरपालिका ९, छम्पी का विष्टलाई रुघाखोकी र त्यसपछि निमोनिया भएको थियो ।
उपचारका लागि उनलाई यही असोज १३ गते ललितपुरकै मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । तर शुक्रबार राति ८ बजे उनको मृत्यु भएको हो ।
४६ वर्षीय अधिवक्ता विष्टमा सामान्य रुघाखोकी, त्यसपछि देखिएको कोरोना र त्यसले निमोनिया भएपछि १२ दिनपछि उनको निधन भएको हो ।