लाईसेन्स परीक्षा पास गरे मात्र पत्रकारितामा प्रवेश


काठमाडौ, ३ असार । प्रेस काउन्सिल नेपालले प्रस्ताव गरेको मस्यौदा ऐनमा पत्रकारले परिक्षा उर्तिण गरी लाईसेन्स लिएर मात्र पत्रकारितामा प्रवेश पाउने व्यववस्था गरिएको छ । प्रेस काउन्सिल ऐन २०७५ को प्रस्तावित मस्यौदामा सम्बन्धित विषयको परिक्षामा पास भए पत्रकारिता प्रवेशको लागि लाईसेन्स दिने व्यवस्था गरिएको हो ।
काउन्सिले प्रस्तावित गरेको ऐन पारित भए अब पत्रकारितामा प्रवेश गर्न चाहनेले लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने हुन्छ । सूचना तथा सञ्चार मन्त्रालयमा पुगेको प्रस्तावित ऐनमा  नेपाली र अंग्रेजी दुवै भाषामा परीक्षा लिइने उल्लेख गरिएको छ । सरकारले बनाएको परिक्षा वोर्ड वा समितिले डाक्टर, नर्स तथा वकिलले जसरी पत्रकारको पनि परिक्षा लिने र पास भएकालाई लाईसेन्स दिने व्यवस्था प्रस्ताव गरेको छ ।
प्रेस काउन्सिल ऐन २०४८ पारित भएदेखि अहिलेसम्म त्यसैको आधारमा काउन्सिलका विभिन्न कामकारभाई हुँदै आएको छ । अहिले प्रस्थावित गरेको ऐन पारित भए ऐन २०४८ लाई विस्थापित गर्नेछ । यस अघि पनि काउन्सिलले सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सेनाको संयोजकत्वमा पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल गठन गरेको थियो । कार्यदलले यस विषयमा विस्तृत अध्ययन गरी काउन्सिललाई प्रतिवेदन समेत बुझाईसकेको छ ।

प्रस्तावित ऐनमा कम्तीमा २० वर्ष निरन्तर पत्रकारिता गरेकालाई वरिष्ठ पत्रकार’ मानिने उल्लेख छ । पुराना पत्रकारलाई अनुभवका आधारमा प्रमाणपत्र दिइनेछ भने नयाँलाई पत्रकार आचारसंहिताको तालिम तथा परीक्षा लिने व्यवस्था छ । नयाँ व्यवस्था लागू भए मान्यता प्राप्त शैक्षिक संस्थाबाट पत्रकारिता अध्ययन गरेका व्यक्तिले पत्रकारको ‘लाइसेन्स’ पाउन काउन्सिल परीक्षा उत्तीर्ण गर्नुपर्ने छ । पत्रकारिता र मिडिया व्यवस्थित रूपमा आचारसंहिताअनुरूप चलून् भन्ने उद्देश्यले ऐनमा यस्तो व्यवस्था गरिएको जनाइएको छ । सम्वन्धित निकायले पत्रकारको योग्यता नतोकिदिँदा पत्रकारिताको गुणस्तरका विषयमा वेलावेलामा विभन्न निकायमा वहस भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्