लागु औषधसहित झापामा एक पक्राउ


झापा, २४ चैत । झापामा प्रहरीले लागु औषधसहित १ जनालाई नियन्त्रणमा लिएको छ।

मेचीनगर नगरपालिका ६ भन्सार गेट अगाडिबाट बिर्तामोड नगरपालिका(७ का १९ वर्षीय विकाश राजवंशीलाई प्रहरीले नियन्त्रण गरेको हो।

राजवंशीको साथबाट ८ सय ग्राम खैरो हेरोईन बरामद भएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्