लामाबगर–चीन सडक निर्माण गर्न कुटनीतिक पहल गर्छौंः परराष्ट्रमन्त्री ज्ञवाली


दोलखा, १९ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  दोलखाको लामावगरबाट चीन जोडने सडक निर्माण गर्न कुटनितिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । ए.एस .बी नेपाल र रिड नेपालको सहयोगमा सदरमुकाम चरिकोटमा निर्माण भएको गौरीशंकर सामूदायिक पुस्तकालय भवनको उद्धघाटन गर्दै परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीले त्यस्तो बताएका हुन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले स्वन्त्रताको नाममा गुण्डागर्दी, एकाधिकार, सिण्डिकेट जस्ता कुरालाई छुट दिन नसकिने बताए । ‘गुण्डागर्दीको अन्त्य गदै अधिनायकवादको अन्त्य गर्न र सिन्डिकेट खारेज गर्नका लागि सरकार जुनसुकै अभियान चलाउन तयार छ ।’ उनले भने ।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल अहिले विकास र समृद्धिको मार्गमा अघि बढिरहेको उल्लेख गर्नुहुदै विकासको लागी छिमेकी मुलुक चिन र भारतसंग समान सम्बन्ध स्थापित गर्ने पनि जानकारी दिए । नेपालको लागि दुवै देशको पारस्परिक सहयोग अपरिहार्य रहेको भन्दै उनले नेपालको आन्तरिक मामलामा भने कतैबाट पनि हस्तक्षेप गर्ने काम नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्