लालबाबु पण्डितले भने, ‘राष्ट्रियसभाको निर्वाचनपछि तत्काल सरकार छोड्नुपर्छ’


२२ पुस । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा सांसद लालबाबु पण्डितले अहिलेसम्म पनि प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीसमेत तोक्न नसक्ने सरकारले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

आफूहरुले राष्ट्रियसभाको निर्वाचनसम्म कुर्ने र त्यसपछि पनि सरकारले राजीनामा गरेर बाटो खुल्ला नगरेको खण्डमा सडकबाटै हटाउने सांसद पण्डितले बताए । राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते तय भएको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा वाणिज्यमन्त्री मीन विश्वकर्माले फागुन महिनापछि वर्तमान सरकारले राजीनामा गरेपछि नयाँ सरकार गठन हुने बताए । उनले सरकार जतिसक्दो चाँडो प्रदेश प्रमुख नियुक्ति गर्ने तथा अस्थायी राजधानी तोक्ने तयारीमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्