लेफ्टबाट राइट् टर्न गरेका प्रचण्डको लेफ्ट टर्न अनिवार्य छः योगेश भट्टराई


२ असोज । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको सत्ता समीकरणमा फेरि फेरवदल आउने दाबी गरेका छन् ।

चार दिने औपचारिक भारत भ्रमण सकेर प्रचण्ड नेपाल फर्किने दिन सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो दाबी गरेका हुन् । ‘सत्ता समीकरणका लागि लेफ्टबाट राइट् टर्न  गरेका प्रचण्ड कमरेडको फेरि लेफ्ट टर्न अनिवार्य छ,’ उनले भनेका छन् ‘तर कति ठक्कर पछि ?’

प्रतिक्रिया दिनुहोस्