‘लोकतन्त्रमा लोकमानतन्त्र चल्दैन’


 ५ कात्तिक । अख्तियार प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तालाई तत्काल कार्यन्वयन गर्न दबाब दिदैँ विभिन्न विद्यार्थी संगठनले संयुक्तरुपमा खबरदारीसभाको आयोजना गरेका छन् ।

शुक्रबार रत्नपार्कको शान्तिबाटिकामा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारी, एमालेको भ्रातृ संगठन अनेरास्ववियु, नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघलगायतका विद्यार्थी संगठनले संयुक्तरुपमा खबरदारीसभाको आयोजना गरेका हुन् । खबरदारी सभालाई सम्बोधन गर्दै अनेरास्ववियुकी अध्यक्ष नविना लामाले महाअभियोग प्रस्तालाई तत्काल कार्यन्वयन गर्न शीर्ष नेताहरुको ध्यानाकर्षण गराइन् । लामाले कार्कीको नियुक्तिका बेला पनि अनेरास्ववियुले विरोध गरेको स्मरण गराउँदै भनिन– ‘लोकतन्त्रमा लोकमानतन्त्र चल्नु हुँदैन ।’

कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, नेवि संघका महामन्त्री कुन्दन काफ्ले लगायतले सम्बोधन गरेका थिए । शनिबार शीर्ष नेताहरुलाई भेटी संयुक्त रुपमा ध्यानाकर्षण गराउने तयारी भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्