लोकतन्त्र स्वेच्छाचारी रुपमा चल्न सक्दैनः एमाले उपाध्यक्ष रावल


१९ भदौ । व्यवस्थापिका–संसद्को सोमबार बसेको बैठकमा नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधन सम्बन्धमा दिनुभएको वक्तव्यप्रति आपत्ति जनाएका छन् ।

नेता रावलले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रस्तावित विधेयकका बारेमा सदनसमक्ष प्रमले जानकारी दिन माग गर्दै निर्वाचन घोषणा भइसकेको अवस्थामा कर्मचारी सरुवा÷बढुवा गरेकामा विरोधसमेत जनाएका थिए ।

नेता रावलले लोकतन्त्रको मूल्य मान्यताविपरीत सरकारले गृह प्रशासन सञ्चालन गरेको आरोप लगाउँदै लोकतन्त्र स्वेच्छाचारी रुपमा चल्न सक्दैन भन्दै विधि र नियमबाट सञ्चालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्