लोकमानको घरमा म्याद टाँस्न गएका सर्वोच्चका दुई तामेलदारलाई फेरि अवरोध, लोकमान क्यानडातिरै


१ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गर्ने सर्वोच्चको दोस्रो प्रयास पनि असफल भएको छ । कार्कीको निवास पुरानो वानेश्वरमा सोमबार सर्वोच्च अदालतका कर्मचारी म्याद टाँस्न गएका थिए । तर, उनीहरुलाई कार्कीको निवासमा भेला भएका केही युवाले खाली हात फर्काएका छन् । म्याद टाँस्न असपफल भएपछि सर्वोच्च अदालतका दुई तामेलदार वडा सचिवको सहयोग लिन  वडा कार्यालय गएका छन् ।

कार्की सरकारी निवासमै बस्ने भएकाले उनले आफ्नो निजी निवास भाडामा लगाएका छन् । कार्कीको निवासमा भेला भएका युवाहरुले तामेलदारलाई म्याद टाँस्ने भए लोकमानकै कार्यालयमा गएर टाँस्नु भन्दै अपमान गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त हुन कार्कीको वैधानिकता नपुगेको भन्दै उनको विरुद्धमा अदालतमा मुद्धा दर्ता भएको थियो । मुद्धाको पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीलाई अदालतमा उपस्थित हुन म्याद टाँस्न लागिएको हो ।

तर, सर्वोच्चको म्याद टाँस्ने प्रयास नै असफल भएपछि समस्या भएको छ । कार्की अहिले देशबाहिर छन् ।  प्रधानन्यायाधीश सुशिला कार्कीसहितको इजलाशले लोकमानको मुद्धा पुनरावलोकन गर्ने निर्णय गरेपछि कार्की समस्यामा परेका छन् ।  पुनरावलोकनको निर्णयलगत्तै अख्तियार प्रमुख कार्की क्यानडा गएका थिए । उनी अझै फर्किएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्