लोकमानलाई सरकारी सुविधासहितको भबनबाट तत्काल निकाल्नुपर्छः यज्ञराज सुनुवार


९ कात्तिक । नेकपा –एमाले) का नेता एवम् सांसद यज्ञराज सुनुवारले निलम्बनमा परेर पनि लोकमानले सरकारी सुविधाको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

व्यवस्थापिका संसद्मा मंगलबार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको महाअभियोग प्रस्तावबारेको छलफलमा सहभागी हुँदै उनले यस्तो आरोप लगाएका हुन् । ‘निलम्बनमा परेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अहिले पनि सरकारी सुबिधानसहितको भबनबाट अख्तियार चलाएको जानकारी आएको छ,’ सुनुवारले भने, ‘उनलाई त्यहाँबाट तत्काल निकाल्नुपर्छ ।’

उनले अख्तियारको नभई अख्तियार प्रमुख कार्की प्रवृत्तिको विरोध गरेको भन्दै उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव जसरी पनि पारित हुने दाबी गरे ।  त्यसैगरी सुनुवारले अख्तियार प्रमुखको विषयलाई लिएर कुटनीतिक क्षेत्रबाट पनि कुटनीतिक मर्यादाविपरित काम भैरहेको सूचना आएको भन्दै त्यसलाई तत्काल बन्द गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्