लोकमानले आफुलाई सर्वेसर्वा ठान्न थालेपछि महाअभियोगः माधव नेपाल


६ कात्तिक  । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नियम, कानुन, विधि र प्रक्रिया नमानेका कारण अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको दाबी गरेका छन् ।

सुनसरीको इटहरीमा आयोजित प्रशिक्षण, पार्टी सदस्यहरुको सपथग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । ‘प्रत्येक संस्था एवम् निकायले नियम, कानुन, विधि र प्रक्रिया मान्नुपर्छ,’ उनले भने ‘लोकमानबिरुद्ध आफुलाई सर्वेसर्वा ठान्ने, नियोजित रुपमा प्रतिशोध लिने र अरुलाई अपमान गर्ने प्रवृत्तिका कारण नै अख्तियार प्रमुख विरुद्ध महाअभियोग दर्ता भएको हो ।’

उनले कार्यक्रममा बोल्दै योग्यताको आधारमा जिम्मेवारी, विधिको आधारमा पार्टी सञ्चालन र प्रत्येक सदस्यहरुलाई न्यायोचित जिम्मेवारी प्रदान गरेर नै पार्टीलाई बलियो एवम् एकिकृत बनाउन सकिने सुझाव दिए । सवल एमालेले मात्र नेपालको आर्थिक विकास एवम् समृद्धिको नेतृत्व गर्ने सक्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्