लोकमानसँग बच्न साउथ ब्लकमा महराको हारगुहार


काठमाडौँः सर्पलाई दूध खुवाएर पाल्यो भने त्यसले एक दिन दूध खुवाउनेलाई नै डस्छ भन्ने नेपाली भनाई अहिले एमाओवादीका केही नेतामा लागु भएको छ । कुनै समय पक्का राजावादी लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउँन मरिहत्ते गर्ने एमाओवादीका केही नेतालाई अहिले लोकमानको छाँयाले तर्साउन थालेको छ ।

त्यति मात्र होइन लोकमानबाट बचाई दिनु प¥यो भन्दै अहिले एमाओवादीकै एक नेता दिल्ली सुटुक्क गएपछि त्यसले एमाओवादीमा पनि निकै चर्चा पाएको छ । लोकमानले भन्ने गरेका ठूला माछा मध्येका एक एमाओवादी महासचिव कृष्णबहादुर महरा अहिले दिल्ली पुगेर साउथ ब्लकदेखि एजेन्सीका मान्छेसम्मलाई आफ्नो बचाउ गरिदिन आग्रह गर्न थालेका छन् ।

स्रोतका अनुसार गत व्रशाख ८ गते विहान साढे ११ बजे जेट विमानबाट दिल्ली पुगेका महराले आयोगमा रहेको आफ्नो मुद्धामा विशेष केन्द्रित भएर सरकार बदल्ने सम्भावनाबारे समेत छलफल गरेका छन् त्यो खवर बालुवाटारसम्म पुगेपछि बालुवाटार पनि झस्किएको छ । अहिले महराविरुद्ध आयोगले छानविन अन्तिम चरणमा पु¥याई सकेको छ । अब छिट्टै अदालतमा मुद्धा लैजाने तयारी थाहा पाएपछि महरा दिल्ली हान्निएको बुझिएको छ ।

भारतीयको नजरमा महरा चीनसँग आर्थिक तथा व्यापारिक सम्बन्ध जोडिएका नेता हुन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात पटकसम्म हारेको प्रधानमन्त्रीको निर्वाचनमा जिताउँन महराले टुटेफुटेको अंग्रेजीमा चिनियाँ लवजको जस्तो लाग्ने विदेशीसँग ५० करोड रपैयाँ मागेको अडियो भारतीय पक्षले काठमाडौँमा सार्वजनिक गरेपछि त्यतिबेला निकै खैलाबैला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्