लोकमानसिंहलाई महाअभियोग लगाउन माग गर्दै देउवालाई बुझाए युवाले ज्ञापनपत्र


२० असार । सामाजिक सञ्जालमा सक्रिय युवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेका छन् ।

कार्कीले पदीय दुरुपयोग गर्दै लोकतान्त्रिक मुलुकमा अलोकतान्त्रिक गतिविधिलाई बढवा दिएको भन्दै केही हप्तादेखि विभिन्न गतिविधि गर्दै आएका उनीहरुले सोमबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र बुझाएका छन् ।

‘लोकमानले लोकलाई मान्य नुहुने खालका गतिविधि एकपछि अर्को गर्दै गइरहेका छन्,’ अभियानका एक अभियन्ता विकास ज्ञवालीले भने, ‘कार्कीलाई महाअभियोग लगाउनका लागि आफ्ना सांसद्हरुलाई सचेत गराउन नेपाली कांग्रेसको पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।’

उनले ज्ञापनपत्र पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई बुझाइएको जानकारी दिए । अन्य पार्टीलाई पनि ज्ञापनपत्र बुझाउने तयारी रहेको उनीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्