लोकमानसिंह भष्मासुर हुन्, कारबाही हुन्छः रामहरी खतिवडा


९ कात्तिक । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले अख्तियार प्रमुख लोकमान सिंह कार्की भष्मासुर भएको आरोप लगाएका छन् । व्यवस्थापिका संसद्मा मंगलबार बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘कानुन नमान्ने, संविधान नमान्ने मनपरी गर्ने अख्तियार प्रमुख लोकमान सिंहको प्रवृत्ति भष्मासुर प्रवृत्ति हो,’ उनले भने, ‘यस्तो प्रवृत्तिलाई राख्नु हुँदैँन कारबाही गर्नुपर्छ ।’

उनले नेपाली कांग्रेसले लोकमानलाई जोगाएको भन्ने आरोपको पनि खण्डन गरे । ‘कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी र कांग्रेसले आफू प्रधानमन्त्री रहँदा आफ्नोविरुद्धमा अविस्वासको प्रस्ताव छापामार शैलीमा ल्याएको भन्नुभएको थियो,’ खतिवडाले भने, ‘अहिले उहाँकै सगोत्रीसँग मिलेर छापामार शैलीमा महाअभियोग प्रस्ताव आएको छ । हामी त्यसको विरोध गर्छौ । तर, ढुक्क हुनुहोस कांग्रेस लोकमानका पक्षमा छैन ।’

खतिवडाले काकीले हवल्दार र खरदारलाई कारबाही गरेर ठूलासँग बार्गेनिङ गरेको आरोप पनि लगाए । ‘यस्ता भष्मासुरमाथि लागेको महाअभियोग प्रस्ताव प्रमाणित हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्