लोकसेवा आयोगको प्रतिष्ठालाई बचाई राख्नुसः राष्ट्रपति भण्डारी


काठमाडौ, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगले दक्ष र योग्य मानव संशाधन चयनमा हासिल गरेको महत्व, गरिमा र प्रतिष्ठालाई बचाई राख्नुपर्ने बताएकी छन् । लोकसेवा आयोगको ६८ औ बार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोन गर्दै राष्ट्रपति भण्डारीले आयोगको प्रतिष्ठामा कही कतैबाट आँच आउने काम हुन नदिने तर्फ गम्भीर बन्न आयोग पदाधिकारीलाई सचेत गराइन् ।

उनले देशको स्थायी सरकारको रुपमा चिनिने मुलुकको प्रशासन र अन्य क्षेत्रमा प्रतिभाशाली, दक्ष र योग्य मानव संसाधन प्रवेश गराउने जिम्मेवारी बोकेको लोकसेवा आयोगको कार्यमा निश्पक्षता, पारदर्शीता र गुणस्तरियता सधै कायम रहनुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले यो चुनौतिलाई सामना गर्न सक्ने गरि आफुलाई सुधार एवं विकास गर्दै अघि बढ्न आयोगलाई शुभकामना दिइन् ।

प्रतिक्रिया दिनुहोस्