वडा अध्यक्षको घरमा विस्फोट हुँदा दुई घाइते


झापा, ७ जेठ । झापाको दमकमा वडाअध्यक्षको घरमा अज्ञात समुहले विष्फोट गराएका छन । दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा अज्ञात समूहले गएराति बम विष्फोट गराएका हुन । बिस्फोटबाट २ जना घाइते भएका छन् भने घरमा सामान्य क्षति पुगेको छ ।
बमको छर्रा लागेर सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् ।
बम वडाध्यक्ष पौडेलको पक्की घरमा विस्फोट भएको हो ।

प्रतिक्रिया दिनुहोस्