वरिष्ठ नेता नेपाल बंगलादेश प्रस्थान


२८ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेशको मजदुर पार्टीको निमन्त्रणामा आयोजना हुने ‘आउँदा दिनमा एसियाका देशबीच विकासमा सहकार्य अभियान’ बैठकमा सहभागी हुने नेता नेपाल त्यसतर्फ प्रस्थान गरेका हुन् । बैठक दुई दिनसम्म चल्ने छ ।

राजधानी ढाकामा हुने बैठक शुक्रबार र शनिबार चल्नेछ । बैठकमा वरिष्ठ नेता नेपालसहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चासहित राजनीतिक दलका २० जना सहभागी भएको वरिष्ठ नेता नेपालका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिएका छन् ।

सो बैठकमा एसियाका २० मुलुकका कम्युनिष्ट पार्टीको सहभागिता हुनेछ । बैठकले २१ औँ शताब्दीमा समाजवादको चुनौती र प्रजातन्त्रमा जनताले जीविकोपार्जनका लागि गरेको संघर्षका बारेमा छलफल गरिने भएको छ । नेता नेपाल आगामी माघ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्