वर्तमान सरकार दीर्घकालिन सोच सहित अघि बढ्छ– प्रधानमन्त्रीओली


kpकाठमाडौं,२५ जेठ ,प्रधानमन्त्री केपीशर्मा ओलीले वर्तमान सरकार दीर्घकालिन सोच सहित अघि बढ्नु पर्ने बताएका छन् ।
मन्त्रीतथा सचिबहरुलाई सरकारको नीतितथाकार्यक्रम र बजेट कार्यन्वयनकाबिषयमाआज सिंहदरबारमानिर्देशनदिनु हंदै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीओलीले देशमालोकतन्त्रआइसकेको,जनताकाअधिकार स्थापितभइसकेको अवस्थामाजनताकाअपेक्षापनि सरकारप्रति धेरै रहेको बताउँदै उनले भने, जन अपेक्षा पुरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने छ ।
“यो सरकार पुजारी जस्ते होइन । बिहान उठ्ने मन्दिर जाने पुजागर्ने । अनिभोली फेरी उहि रित दोहो¥याउने” प्रधानमन्त्री ओलीले भने । “देशलाई हामीले नयां ढंगले अघि बढाउनु पर्छ । विगतको निरन्तरतामात्रहोइन ।”
प्रधानमन्त्रीओलीले विकाशप्रतिको नयाँ दृष्टिकोण बनाउनु पर्ने बताउनुभयो । “हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालनगर्ने,कसरी गर्ने त्यसकालागिअसार १५ गते भित्रमा ठोस योजनालिएर आउनुहोस ” प्रधानमन्त्रीओलीले मन्त्री र सचिबहरुलाई निर्देशनदिंदै भन्नुभयो “असार २५ गते ति योजनाको बिषयमाब्यापक छलफल गरेर साउन १ गते देखि कार्यन्वयन सुरु गर्नु पर्दछ । ”
खेर गएको जमिनलाई सदुपयोग गरेर कृषिमाआत्मनिर्भर हुने बाटोमा अघि बढ्नु पर्ने प्रधानमन्त्रीओलीको धारणा छ । जनताको अपेक्षा सरकारले सबै थोक गरिदेओस भन्ने हुन्छ तर सरकारसंग त्यो सामथ्र्य नहुने भएकोले जनतालाई आफैं सक्षम बन्न सिकाउनु पर्ने प्रधानमन्त्रीको धारणा छ ।
सरकारको नीतितथाकार्यक्रम र बजेटका बिषयमा असन्तुष्टी व्यक्तगर्नेहरुलाई कामबाट जवाफदिनु पर्ने प्रधानमन्त्रीओलीको भनाइ छ ।
सरकार शुसासनमा दृढ रहेकोले सबै मन्त्रीतथा सचिबहरुलाई यसको प्रत्याभुती दिन प्रधामन्त्री ओलीले निर्देशन दिएका छन ।“सरकार भ्रष्टाचारप्रति शुन्य सहनशिल छ । त्यसकारण साथीभाइ,कार्यकर्ताका कामभनेर अपारदर्शी र अनियमितकामनगर्नुहोस ” प्रधानमन्त्रीओलीले भने ।

प्रतिक्रिया दिनुहोस्