वर्षको अन्तिम शुक्रबार ए मेरो हजुर ३ र यात्रा म्युजिकल भ्लगबीच प्रतिस्पर्धा


नयाँ वर्षको अवसर पारेर बर्षको अन्तिम शुक्रबार दुई नेपाली फिल्म एक अर्कोसँग भिड्दै छन् । चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा म्युजिकल भ्लग’ । यी दुबै फिल्म देशभरका हलहरुबाट एकसाथ प्रदर्शनमा आएका हुन् । रोजक कुरो के छ भने यी दुबै फिल्म मार्फत अहिलेका महगा दुई हिरो अनमोल केसी र सलिनमान बनिया भिड्दै छन् ।
सम्राट शाक्यको निर्देशन रहेको फिल्म ‘यात्रा म्युजिकल भ्लग’मा सलिनमान बनिया, सलोन बस्नेत, मालिका महत, जान्वी बस्नेत, जयनन्द लामा , रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ३’मा अनमोल केसी र झरनाको छोरी सुहानाको मुख्य भुमिका रहेको छ । संगीतिक प्रेमकथामा बनेको यो फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्