वर्षको कुल बजेट खर्चबाट असारमा मात्रै २ अर्ब ११ अर्ब रुपैयाँ भुक्तानी


काठमाडौ, २१ साउन । चालु आर्थिक वर्षमा भएको कूल बजेट खर्च १० खर्ब ७३ अर्ब मध्ये असारमा मात्रै २ खर्ब ११ अर्ब रुपैयाँ भुक्तानी भएको छ। असारमा ७४ अर्ब १८ करोड रुपैयाँ चालु र १ खर्ब ५ अर्ब रुपैयाँ पुँजीगत खर्चको भुक्तानी भएको छ। त्यसैगरी वित्तीय व्यवस्थातर्फको ३२ अर्ब पनि असारमा नै निकासा भएको देखिएको छ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमा ६८ अर्ब रुपैयाँ खर्च भएको छ। जेठमा ५६ अर्ब तथा असोजमा ५४ अर्ब रुपैयाँ भुक्तानी भएको छ। अर्थले तयार गरेको अपरिस्कृत विवरणअनुसार मंसिरमा १ खर्ब २४ अर्ब, चैतमा १ खर्ब ३५ अर्ब तथा जेठमा १ खर्ब ५ अर्ब रुपैयाँ बजेट खर्च भएको छ।

सरकारले एक वर्षमा २ खर्ब ६७ अर्ब रुपैयाँ पुँजीगत खर्च गरेको छ। त्योमध्ये १ खर्ब ५ अर्ब रुपैयाँको भुक्तानी असारमा भएको छ।

प्रतिक्रिया दिनुहोस्