वर्षा र सहकालका देवता रातो मन्छिन्द्रनाथको भोटो आज देखाइदै


काठमाडौ, ३० वैशाख । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।
राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । आइतबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारी भोटो देखाउने जात्रामा सहभागी हुनेछिन् । गुठी संस्थान ललितपुरका प्रतिनिधिले भोटो देखाउनेछन् ।मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै शुरु भएको मानिन्छ । तर, भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो यकिन छैन ।

राष्ट्रिय समाचार समिति ९रासस०का अनुसार यो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा ९भात० वला ९छर्ने० भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिएका छन् । जोशीका अनुसार भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्